“शीतभण्डार”भन्नालेपशुजन्यपदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीहरूको गुणस्तर बिग्रन नदिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त तापक्रममा राख्ने ठाउँ सम्झनु पर्छ ।
“प्रामाणिकप्रमाणपत्र”भन्नालेपैठारीगरिनेपशुपन्छीकोहकमासम्बन्धितमुलुककोपशुक्वारेन्टाइनअधिकृतवाभेटेनरीअधिकृतलेत्यस्तोपशुकोस्वास्थ्यठीकछभनीप्रमाणितगरेको प्रमाणपत्र र पशु औषधि तथा जैविक पदार्थको हकमा त्यस्तो औषधि तथा जैविक पदार्थको गुणस्तर नियन्त्रण गर्ने निकायले त्यस्तो औषधि तथा जैविक पदार्थको गुणस्तर ठीक छ भनी प्रमाणित गरेको प्रमाणपत्र सम्झनु पर्छ ।
“क्वारेन्टाइनप्रमाणपत्र”भन्नालेनेपालभित्रपैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीहरू क्वारेन्टाइन प्रक्रिया पूरा गरी क्वारेन्टाइन अधिकृतले दिने प्रमाणपत्र सम्झनु पर्छ ।
“जैविकसुरक्षा”भन्नालेकुनैपनिपशुफार्महरूलेबाहिरीवातावरणबाटभित्रफैलनसक्नेविभिन्नसंक्रमणलाईरोक्नअपनाएकाउपायहरू सम्झनु पर्छ ।
परिच्छेद–२पशु क्वारेन्टाइन सम्बन्धी व्यवस्था ३. क्वारेन्टाइन चेकपोष्टको स्थापना
देहायका स्थानमा क्वारेन्टाइन चेकपोष्ट स्थापना गरिनेछ
पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी पैठारी हुने अन्तर्राष्ट्रिय नाका,अन्तर्राष्ट्रिय विमानस्थल,
देश भित्र नै पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको अधिक ओसार पसार हुने बिन्दु ।
स्थापना भएको चेकपोष्टमा देहाय बमोजिमको व्यवस्था हुनु पर्नेछ
पशुको आवागमनको लागि छुट्टै प्रवेश तथा प्रस्थानद्वारको व्यवस्था,
क्वारेन्टाइनको लागि प्रयोग हुने भवन तथा गोठ सजिलैसंग सरसफाई तथा निःसंक्रमण गर्न सकिने व्यवस्था,
बिभिन्न सवारी साधनबाट ढुवानी हुने पशु तथा पशुजन्य पदार्थलाई उकाल्न तथा ओराल्न प्लेटफार्मको व्यवस्था ।
४. क्वारेन्टाइन स्थलको निर्माण
क्वारेन्टाइन चेकपोष्ट स्थापना भएको स्थानमा क्वारेन्टाइन स्थल निर्माण गर्न चाहने व्यक्ति वा संस्थाले सिफारिसकोलागि कार्य योजना सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
कुनै निवेदन परेमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी क्वारेन्टाइन स्थल निर्माण गर्न दिन उपयुक्त देखेमा निवेदकलाईसिफारिसपत्र दिनेछ ।
सिफारिसपत्र सहित निवेदन पर्न आएमा नेपाल सरकारले क्वारेन्टाइन स्थल निर्माण गर्न अनुमति दिन सक्नेछ । तर प्रजननको लागि पैठारी भएको पशुलाई पैठारीकर्ता र विभागको सहमतिमा छुट्टै क्वारेन्टाइनस्थल तोक्न सकिनेछ ।
५. क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्तहरू
क्वारेन्टाइनस्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्त तथा पूरा गर्नु पर्ने मापदण्ड देहाय बमोजिम हुनेछ:
कम्तीमा ६५०० वर्ग मिटर क्षेत्रफलको जग्गा भएको हुनु पर्ने,
पशु पालन क्षेत्र, पशु फार्म, पशु बधशाला, पशु हाट बजार र पशुको प्रत्यक्ष ओहोर दोहोर हुने ठाउँबाट कम्तीमा (500)पाँच सयमिटरकोदुरीमा हुनु पर्ने,
क्वारेन्टाइनमा राखिएका पशुहरूको बाहिरी पशुहरूसँग सम्पर्क हुन नपाउने गरी बार बन्देजको व्यवस्था हुनु पर्ने,
भिन्ना भिन्नै जातीका पशुहरू तथा भिन्ना भिन्नै खेपमा प्रवेश गर्ने पशुहरू राख्नको लागि अलग अलग ठाँउको व्यवस्था हुनु पर्ने,
पशुहरूको निमित्त उपयुक्त पिउने पानी, प्रकाश, भेन्टिलेशन तथा ढल निकासको व्यवस्था हुनु पर्ने,
पशुहरूलाई प्रवेश तथा प्रस्थान गराउनको लागि मुल ढोका पछि अर्को भित्री ढोका समेतको व्यवस्था हुनु पर्ने,
आवश्यक दाना, पानी, घाँस पराल आदी राख्ने ठाउँ भएको हुनु पर्ने,
पशुहरूलाई परिवहन साधनबाट ओराल्न र त्यसमा उकाल्न प्लेटफार्मको व्यवस्था हुनु पर्ने,
सजिलैसँग सफा गर्न, निःसंक्रमण गर्न र सुख्खा राख्न सकिने किसिमको भूँई निर्माण गरिएको हुनु पर्ने,
पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री राख्नको लागि छुट्टाछुट्टै र पर्याप्त स्थानको व्यवस्था हुनु पर्ने,
शीत भण्डारमा राख्नु पर्ने बस्तुहरू भएमा त्यस्ता बस्तुहरू राख्ने व्यवस्था मिलाइएको हुनु पर्ने,
निःसंक्रमण गर्नको लागि पर्याप्त स्थान र सो को लागि प्रयोग हुने रसायन तथा सामग्रीहरु राख्नको लागि उपयुक्त ठाउँ हुनु पर्ने, र
सम्बन्धित विषयका दक्ष कर्मचारीको व्यवस्था भएको हुनु पर्ने ।
क्वारेन्टाइन स्थल भित्र क्वारेन्टाइन सम्बन्धी कार्य बाहेक अन्य कार्य गर्न पाइने छैन ।
६. क्वारेन्टाइनमा राखिने अवधिः
जुन मुलुकबाट पशु पैठारी गरिने हो सो मुलुकमा नेपालमा विद्यमान रोगको विरुद्ध खोप लगाएको अद्यावधिक र प्रामाणिक प्रमाणपत्र पेश भएमा क्वारेन्टाइन अधिकृतले त्यस्तो पशुलाई क्वारेन्टाइनमा राखी प्रमाणपत्र बमोजिमको पहिचान चिन्ह यकिन गरी जाँची त्यस्तो पशु स्वस्थ भएको पाइएमा छाड्न सक्नेछ ।
उपनियम (१) बमोजिम यकिन हुन नसकेमा वा पशु स्वस्थ नपाइएमा वा खोपको प्रामाणिक प्रमाणपत्र बिना पैठारी गरिएको भएमा त्यस्ता पशुलाई क्वारेन्टाइन स्थलमा राख्नु पर्नेछ ।
उपनियम (२) बमोजिम कुनै पशुलाई क्वारेन्टाइनमा राख्नु पर्दा देहायका रोगको लागि देहायको अवधिसम्म र अन्य रोगको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अवधिसम्म राख्नु पर्नेछ :
रिण्डरपेष्ट( Rindetpest)– २१ दिन
पूट एण्ड माउथ् डिजिज् (Foot and Mouth Diease) – १४ दिन
पेष्टिस डेस पेटिटिस रुमिनान्ट्स्(Pestes des petits Ruminants) – २१ दिन
लम्पी स्कीन डिजिज्(Lumpy Skin Disease)– २१ दिन
सीप पक्स एण्ड गोट पक्स(Sheep Pox And Goat Pox) – २१ दिन
ब्ल्यू टङ्ग(Blue Tongue)– ४० दिन
अफ्रिकन स्वाईन फिभर(African Swine Fever)– ४० दिन
क्लासिकल स्वाईन फिभर (Classical Swine Fever)– ४० दिन
अफ्रिकन हर्स सिक्नेस(African Horse Sickness) – ४० दिन
भेसिकुलर स्टोमेटाइटिस(Vesicular Stomatitis)–२१ दिन
स्वाइन भेसिकुलर डिजिज्(Swine Vesicular Disease) – २८ दिन
कन्टाजियस् बोभाईन प्ल्यूरोन्यूमोनिया (Contagious Bovine Pleuropneumonia)– ६ महिना
रिफ्ट भ्याली फिभर(Rift Valley Fever) – ३० दिन
फाउल प्लेग(Fowl Plague)– २१ दिन
न्यू क्यासल डिजिज )New Castle Disease)– २१ दिन
बर्ड फ्लु ( Highly Pathogenic Avion Influenza)–२१ दिन ।
उपनियम (३) मा उल्लेख भए बाहेकका रोगको सम्बन्धमा क्वारेन्टाइनमा राख्नु पर्ने अवधि तोक्दा रोगको जैविक कारक तत्व (प्याथोजन) शरीरमा प्रवेश गरेपछि रोगका लक्षण देखा पर्ने समयावधि (इन्कुवेशन पिरियड) सँग मेल खाने गरी तोक्नु पर्नेछ ।
यस नियम बमोजिम तोकिएको क्वारेन्टाइन अवधि पूरा गरेका पशुलाई क्वारेन्टाइन अधिकृतले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी तोकिएकासंक्रामक रोग विरुद्ध खोप लगाई छाडिनेछ । त्यस्तो खोप लगाउँदा लागेको खर्च सम्बन्धित पैठारीकर्ताले व्यहोर्नु पर्नेछ ।
पैठारी गरिएका पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनअधिकृतले परीक्षण पश्चात उपयुक्त देखेमा छाड्न सक्नेछ ।
क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन प्रमाणपत्र प्रदान गरेको वा परीक्षण समाप्त भएको मितिले तीन दिनभित्र पैठारीकर्ताले लैजानु पर्छ । सो अवधि भित्र नलगेमा क्वारेन्टाइन अधिकृतले जफत गर्न सक्नेछ ।
मरेको पशु, दाना, सोत्तर, मल मूत्र वा पशुसँग सम्बन्धित वा पशुबाटनिस्किएका बस्तुहरू सम्बन्धित क्वारेन्टाइन अधिकृतको लिखित आदेश बिना क्वारेन्टाइन स्थलबाट बाहिर लैजान पाइने छैन ।
७. परीक्षण गर्ने कार्यविधि
क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशुउत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि देहाय बमोजिम हुनेछ:
पशु परीक्षण गर्ने कार्यविधि: (१) शारीरिक निरीक्षण तथा क्लीनिकल परीक्षण गर्ने,
(२) आवश्यकता अनुसार प्रयोगशाला परीक्षण गर्ने,
(३) संक्रामक रोग भएको शंका लागेको अवस्थामा रोग परीक्षणको अन्य विधि वा प्रविधिसमेत प्रयोग गर्ने ।
पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि:
निकाशी गर्ने देशबाट जारी गरिएको प्रमाणपत्रमा उल्लेख भए अनुसारकैभौतिक स्वरुप भए वा नभएको जाँच गर्ने,
तौल, प्याकिङ, लेबुल तथा शिलबन्दी ठीक भए वा नभएको जाँच गर्ने,
शिलबन्दी नभएको वा शिलबन्दी ठीक नभएकोमा: (अ) बास्ना, रंग एवं बस्तुको अवस्थाको सम्बन्धमा परीक्षण गर्ने,
(आ) अवशेष, संक्रमण गर्ने तत्व तथा परिवर्तित संकेतको पहिचान गर्ने,
(इ) उपयुक्त तापक्रममा यथेष्ट समयसम्म रहे वा नरहेको पहिचान गर्ने,
परीक्षणको लागि नमूना लिंदा सम्बन्धित प्याकेज वा पार्शल सङ्ख्याको कम्तीमा दश प्रतिशत प्याकेज वा पार्शलबाटनमूना लिनु पर्नेछ ।
कुनै पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको प्रयोगशाला परीक्षणको नतिजा तुरुन्त उपलब्ध हुन नसक्ने भएमा र त्यस्तो पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीबाट जनस्वास्थ्य तथा पशु स्वास्थ्यमा प्रत्यक्ष दुष्प्रभाव पर्न सक्ने अवस्था नभएमा त्यस्तो खेपको पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको नमूना सङ्कलन गरिसकेपछि त्यस्तो पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ र पशु उत्पादन सामग्रीको पैठारीकर्ताले प्रयोगशालाको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्म बिक्री वितरण गर्न नपाउने शर्तमा कबुलियत गराई स्थान हद तोकी छाडिदिनु पर्नेछ ।
८. क्वारेन्टाइन अधिकृतको कामः
क्वारेन्टाइन अधिकृतले गर्नु पर्ने काम देहाय बमोजिम हुनेछ:
पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई क्वारेन्टाइनमा राखी निरीक्षणगर्ने र पशुहरूको लागि दाना, पानी तथा औषधि उपचार भए वा नभएकोजाँच गर्ने,
प्रयोगशाला परीक्षणको लागि पठाइएको नमूनाको नतीजा प्राप्त नभएसम्म त्यस्ता पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्नु पर्ने भएमा उपयुक्त किसिमले राखे वा नराखेको निरीक्षण गर्ने,
प्रत्येक खेपका पशुहरू लगेपछि क्वारेन्टाइन स्थलको सरसफाई र निःसंक्रमण गराउने,
पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परिवहन गर्न प्रयोग गरिएका सवारी साधनहरू राम्रोसँग सरसफाई तथा निःसंक्रमण भए वा नभएको निरीक्षण गर्ने र सरसफाई तथा निःसंक्रमण नभएको पाइएमा सो कार्य गर्न लगाउने,
विदेशी मुलुकबाट आएका परिवहनका साधनहरूद्वारा निष्काशित फोहर मैला रोग नफैलने गरी उचित तरीकाले व्यवस्था भएको छ वा छैन निरीक्षण गर्ने र आवश्यकता अनुसार तह लगाउने व्यवस्था मिलाउने,
पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीसँग सम्बन्धित प्रमाणपत्र र अन्य कागजातहरू जाँच्ने,
पैठारी गरिएका पशुमा कुनै संक्रामक रोग भएको पाइएमा वा शंका लागेमा सो विषयमा स्थानीय पशु सेवा कार्यालय, विभाग, कृषि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई छिटो साधनद्वारा सूचना पठाउने,
पैठारी गरिएका पशुमा संक्रामक रोग भएको र पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै हानिकारक तत्व भएको शंका लागेमा त्यसको नमूना संकलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउने र परीक्षणको नतिजा प्राप्त नभएसम्म त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्ने,
छिमेकी मुलुकका क्वारेन्टाइन चेकपोष्टसँग सम्पर्क तथा समन्वय कायम राख्ने ।
९. असंक्रमण क्षेत्रबाट ढुवानी भएको मानिने
कुनै विमानस्थल संक्रमण स्थल हो भनी सम्बन्धित अधिकारीबाट घोषणा भएकोमा बाहेक त्यस्तो विमानस्थलबाट वा सोविमानस्थलमा अवतरण भई आएको विमानबाट ढुवानी भई नेपाल भित्र भित्रिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री असंक्रमण क्षेत्रबाट सिधै ढुवानी भई आएको मानिनेछ ।
१०. क्वारेन्टाइन प्रमाणपत्र
पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन प्रक्रिया पूरा भैसकेपछि क्वारेन्टाइन अधिकृतले सम्बन्धित व्यक्तिलाई अनुसूची–२ को ढाँचामा क्वारेन्टाइन प्रमाणपत्र यथाशीघ्र उपलव्ध गराउनु पर्नेछ ।
देहायका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्नु पर्दा अनुसूची–३ को देहायका फाराममा तोकिएको ढाँचामा क्वारेन्टाइन अधिकृत वा विभागले तोकेको भेटेरिनरी अधिकृतले स्वास्थ्य वा सेनिटरी प्रमाणपत्र उपलव्ध गराउनु पर्नेछ।
११. लिलाम बिक्री गर्न सक्ने
नियम ६ को उपनियम (७) बमोजिम जफत गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ ।
लिलाम विक्री गर्दा क्वारेन्टाइन अधिकृतले अवस्था हेरी सात दिनदेखि पन्ध्र दिनसम्मको म्याद दिई देहायका कुराहरू समेत खुलाई सूचना प्रकाशन गर्नु पर्नेछ: (क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको विवरण,
(ख) न्यूनतम मूल्य,
(ग) लिलाम बढाबढ हुने मिति, समय र स्थान,
(घ) लिलाम सकार गर्न बोलिएको अंकको पाँच प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने कुरा,
(ङ) अन्य आवश्यक कुराहरू ।
न्यूनतम मूल्य निर्धारण गर्नको लागि देहायको मूल्य निर्धारण समिति रहनेछ : (क) क्वारेन्टाइन अधिकृत – अध्यक्ष (ख) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय – सदस्य (ग) प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय – सदस्य
लिलाम सकार गरेको पशु, पशु जन्य पदार्थ वा पशु उत्पादन सामग्री तोकेको अवधिभित्र कबोल गरेको पूरा रकम बुझाई नउठाएमा राखिएको धरौटी जफत गरी पुनः लिलाम गर्न सकिनेछ ।
लिलाम बढाबढ गर्दा न्यूनतम मूल्य कबोल नगरेमा पुनः लिलाम बढाबढ गराउनु पर्नेछ । यसरी पुनः लिलाम बढाबढ गर्दा न्यूनतम् मूल्यको दश प्रतिशतसम्म घटि कबोल हुन आएमा पनि लिलाम विक्री गर्न सकिनेछ । यसरी पनि लिलाम बढाबढ हुन नसकेमा क्वारेन्टाइन अधिकृतले जिल्ला प्रशासन कार्यालय वा भन्सार कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सिधै विक्री गर्न सक्नेछ ।
परिच्छेद–३सिफारिसपत्र, अनुमतिपत्र तथा गुणस्तर सम्बन्धी व्यवस्था
१२. उद्योग स्थापना सम्बन्धी सिफारिसपत्र
ऐनको दफा १७ बमोजिमको उद्योग स्थापना गर्न सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित अनुसूची–४ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
निवेदन प्राप्त हुन आएमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी सिफारिसपत्र दिन मनासिब देखेमा निवेदकलाई अनुसूची–५ बमोजिमको ढाँचामा सिफारिसपत्र दिनु पर्नेछ ।
१३. निकासी वा पैठारी सम्बन्धी सिफारिस
ऐनको दफा १८ को प्रयोजनको लागि सिफारिसपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित अनुसूची–६ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
उपनियम (१) बमोजिमको निवेदन प्राप्त हुन आएमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी सिफारिस दिन मनासिब देखेमा निवेदकलाई अनुसूची–७ को ढाँचामा सिफारिसपत्र दिनु पर्नेछ ।
१४. निकासी गर्दा पालन गर्नु पर्ने शर्तहरू
निकासीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्दा देहायका शर्तहरू पालनगर्नु पर्नेछ:
(क) निकासी गर्न लागेको पशुको किसिम, जाति, प्रजाति र संख्याको विवरण सहित निकासी गरिने नाका सहित सम्भावित मिति बारे सम्बन्धित क्वारेन्टाइन अधिकृतलाई तीस दिन अगावै सूचना दिनु पर्ने,
(ख) पशुको हकमा क्वारेन्टाइन अधिकृतले परीक्षण गरी निकासीयोग्य छ भनी देखिने गरी उपयुक्त चिन्ह लगाएको र भेटनरी अधिकृतबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्ने,
(ग) पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,
(घ) निकासी गरिने पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइन अधिकृतद्वारा परीक्षण गराउनु पर्ने, र (ङ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले उपयुक्त हुनु पर्ने ।
यस नियम बमोजिम निकासी भएको पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको अभिलेख सम्बन्धित क्वारेन्टाइन अधिकृतले राख्नु पर्नेछ ।
१५. पैठारी गर्दा पालन गर्नु पर्ने शर्तहरू
पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा देहायका शर्तहरू पालन गर्नु पर्नेछ : (क) पैठारी हुने पशुहरू मध्ये चलान विन्दुबाट चलान भैसकेपछि बाटोमा नै कुनै पशुको मृत्यु भएको भए सो को विवरण क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्ने,
(ख) पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा प्रयोग गरिने सवारी साधन निःसंक्रमण गरिएको हुनु पर्ने,
(ग) पैठारी गरिने पशु, पशुजन्य पदार्थ वा जैविक पदार्थ वा पशु उत्पादन सामग्रीको पहिचान चिन्ह, संख्या वा तौल र किसिम सम्बन्धी विवरण पैठारी गर्दाको बखत क्वारेन्टाइन अधिकृत समक्ष पेश गर्नु पर्ने, र
(घ) पशु ढुवानी गर्न प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले हुनु पर्ने ।
१६. अनुमति पत्र लिनु पर्ने
ऐनको दफा १९ को प्रयोजनको लागि अनुमतिपत्र लिन चाहनेले तीन सय रुपैयाँ दस्तुर सहित अनुसूची–८ को ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
निवेदन प्राप्त भएमा विभागले सो उपर आवश्यक जाँचबुझ गरी अनुमति पत्र दिन मनासिब देखेमा अनुसूची–९ को ढाँचामा अनुमति पत्र दिनु पर्नेछ ।
१७. गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्था
पशु, पशुजन्य पदार्थ, जैविक पदार्थ, पशु उत्पादन सामग्री र माछाका भुराको ढुवानी तथा गुणस्तर सम्बन्धी मापदण्ड विभागका महानिर्देशकको अध्यक्षतामा गठित प्राविधिक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
समितिमा महानिर्देशकले तोकेको सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरू र अन्य विषय विशेषज्ञहरू सदस्य रहनेछन् ।
ऐनको दफा १४ र २९ बमोजिम कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्नु पर्दा अवस्था हेरी जलाउनु वा खाडल खनीकम्तीमा तीन फीट पुरिने गरी गाड्नु वा विभागले निर्धारण गरेको प्रक्रिया अनुसार नष्ट गर्नु पर्नेछ ।
ढुवानी गर्दा कै अवस्थामा कुनै पशुको मृत्यु भएमा रोग नफैलने गरी त्यस्तो सिनो बाहिर ल्याई उपनियम (१) बमोजिम नष्ट गर्नु पर्नेछ । त्यस्तो पशु ढुवानी गरिएको सवारी साधन समेत निःसंक्रमण गर्नु पर्नेछ ।
१९. भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार
भेटेरिनरी निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री, पशु औषधि वा जैविक पदार्थको गुणस्तर जाँच गर्ने वा जाँच गर्नको लागि सोको नमूना सङ्कलन गरी विभागले तोकेको प्रयोगशालामा पठाउने,
म्याद नाघेका पशु औषधि, जैविक पदार्थ वा पशु उत्पादन सामग्री भेटिएमा नियम १८ को कार्यविधि पूरा गरी नष्ट गर्ने र सो को जानकारी विभागमा लेखी पठाउने ।
पशु औषधि वा जैविक पदार्थको विक्री वितरण आधिकारिक व्यक्तिबाट भए वा नभएको जाँच गरी विभागलाई जानकारी गराउने,
कुनै व्यावसायिक फार्मले पशुलाई नियमित रुपमा खोप दिए वा नदिएको, जैविक सुरक्षाका उपायहरू अवलम्वन गरे वा नगरेको जाँच गर्ने,
जाँच गर्दा कुनै पशुमा रोग लागेको पाइएमा वा सोको शंका लागेमा त्यस्तो पशुलाई नष्ट गर्न वा छुट्टै राख्न आदेश दिने वा विक्री वितरण गर्न रोक्का गर्ने र सो कुराको जानकारी यथाशीघ्र विभागलाई दिने,
यस नियमावली बमोजिम विभागबाट सिफारिस पत्र वा अनुमतिपत्र प्रदान गरिएकोमा सो बमोजिम भए वा नभएको निरीक्षण गरी विभागb समक्ष प्रतिवेदन पेश गर्ने,
पशु नसल सुधार सम्बन्धमा स्थलगत रुपमा सुझाव संकलन गरी विभागमा पठाउने
पशु नसल सुधार लागू गरिएको क्षेत्रमा भाले जातको पशुहरूलाई खसी पार्ने कार्य गराउने,
पशु नसल सुधार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न प्रचार प्रसार गर्ने,
पशु नसल सुधारको लागि पशुहरूको जाति र वीर्यको प्रयोग सिफारिस अनुसार भए वा नभएको अनुगमन गर्ने,
विभागले तोकिदिएका अन्य काम गर्ने वा गराउने ।
२०. रोगको सूचना दिनु पर्ने
कुनै पशुलाई संक्रामक रोग लागेको वा त्यस्तो रोग लागेको शंका लागेको कुरा पशु धनी वा स्थानीय निकाय वा पशु उपचारमा संलग्न पशु स्वास्थ्यकर्मी वा पशु चिकित्सक जोसुकैको जानकारीमा आएमा नजिकको पशु सेवा केन्द्र वा उपकेन्द्र वा पशु सेवा कार्यालयमा सूचना दिनु पर्नेछ ।
उपनियम (१) बमोजिम जानकारी प्राप्त हुन आएपछि सम्बन्धित प्राविधिकले जाचबुझ गर्दा अनुसूची–१० मा उल्लिखित रोग लागेको शङ्का गर्नु पर्नेआधार भएमा पशु सेवा कार्यालयको प्रमुखले विभागले तोकेको भेटनरी अधिकृतका साथै क्षेत्रीय पशु सेवा निर्देशनालय र क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालालाई समेतसो कुराको सूचना यथाशीघ्र दिनु पर्नेछ ।
उपनियम (२) बमोजिमको सूचना प्राप्त भएपछि त्यस्तो भेटनरी अधिकृतले सो सम्बन्धमा आवश्यक अध्ययन गरी २४ (चौबीस) घण्टा भित्र विभागलाई जानकारी गराउनु पर्नेछ ।
ढुवानीको क्रममा कुनै पशुको मृत्यु भएमा त्यस्तो पशुको धनी वा ढुवानीकर्ताले नजिकको पशु सेवा केन्द्र, उपकेन्द्र, पशु क्वारेन्टाईन कार्यालय, चेकपोष्ट वा जिल्ला पशु सेवा कार्यालयमा सोको जानकारी दिनु पर्नेछ ।
उपनियम (४) बमोजिम सूचना प्राप्त भएपछि त्यस्तो निकायको प्राविधिक वा प्रमुखले पशु मर्नाको कारण यकीन गर्न आवश्यक पर्ने नमूना सङ्कलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउनु पर्नेछ र मृत पशुलाईनियम १८ बमोजिमको कार्यविधि पूरा गरी नष्ट गर्न लगाउनु पर्नेछ ।
२१. जैविक पदार्थ सम्बन्धी विशेष व्यवस्था
जैविक पदार्थको उत्पादन, निकासी, पैठारी वा विक्री वितरण गर्न चाहनेले यस ऐन बमोजिम सिफारिसपत्र वा अनुमतिपत्र पाउनको लागि निवेदन दिँदा अनुसूची–११ मा उल्लिखित विवरण समेत उपलव्ध गराउनु पर्नेछ ।
कार्यालय तोकिएकोः ऐनको दफा २ को खण्ड (ट) को प्रयोजनको लागि सोही खण्डमा उल्लिखित कार्यालयको अतिरिक्त केन्द्रीय पशु क्वारेन्टाईन कार्यालय, पशुक्वारेन्टाईन कार्यालय र भेटेनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयलाई समेत तोकिएकोछ ।
२२. पोशाक लगाउनु पर्ने
क्वारेन्टाइनमा काम गर्ने कर्मचारीले विभागले तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ ।
निर्देशिका तथा संहिता बनाउन सक्ने : ऐन तथा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आवश्यक निर्देशिका तथा संहिताबनाई जारी गर्न सक्नेछ र त्यसरी जारी गरिएको निर्देशिका तथा संहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
२३. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।
अनुसूची–१ निःसंक्रमणगर्ने विधि निःसंक्रमण गर्दा निःसंक्रमण गरिने बस्तुको प्रकृति हेरी देहायको कुनै रासायनिक वा भौतिक विधि प्रयोग गर्नु पर्नेछ : १. चून : पानीमा २० प्रतिशतको घोल । २. सोडियम कार्वोनेट : पानीमा ५ देखि ८ प्रतिशतको घोल । ३. सोडियम हाइड्रोक्लोराइड : पानीमा १ देखि ५ प्रतिशतको घोल । आवश्यक परेमा ५ प्रतिशतको चूनको घोल समेत मिलाएर प्रयोग गर्न सकिनेछ । ४. फिनोलिक एसिड : पानीमा ३ देखि ५ प्रतिशतको घोल । ५. फिनोलिक एसिड र सल्फ्युरिक एसिडको सम्मिश्रण भएको घोल ः एक लिटर पानीमा पचास मिलिलिटर समिश्रणको घोल । ६. फर्मालिन : ४० प्रतिशतको फर्मालिन झोललाई पानीमा ५ प्रतिशतको घोल । ७. सोडियम हाइपोक्लोराइड : पानीमा १ देखि ३ प्रतिशतको घोल । ८. पाराबैजनी किरण (अल्ट्राभायोलेट लाइट) :कम्तीमा लगातार दुई घण्टा प्रयोग । ९. आगोको ताप : व्लो ल्याम्पको प्रयोग । द्रष्टव्यः निःसंक्रमणका उपलव्ध अन्य उत्पादनहरू अवस्था हेरी प्रयोग गर्न सकिनेछ । सूचित गर्नुपर्ने रोगहरूको विवरण (Notifiable Disease) (१) एन्थ्राक्स (Anthrax)
(२) एट्रोफ्रिक राइनाइटिस् (Atropic Rhinitis)
(३) एजोकाइज डिजिज् (Azujesky’s Disease)
(४) वोभाइन ब्रुसेल्लोसिस् (Bovine Brucellosis)
(५) वोभाइन ट्युवरक्लोसिस् (Bovine Tuberculosis)
(६) वफेलो पक्स (Buffalo Pox)
(७) क्याप्राईन एण्ड ओभाईन व्रुसेल्लोसिस् (Caprine and Ovine Brucellosis)
(८) क्लासिकल स्वाइन फिभर (Classical Swine Fever)
(९) कन्टाजियस् वोभाईन प्ल्यूरोन्यूमोनिया (Contagious Bovine Pleuropneumonia)
(१०) कन्टाजियस् क्याप्राईन प्ल्यूरोन्यूमोनिया (Contagious Caprine Pleuropneumonia)
(११) ओभाइन इपिडिडिमाइटिस् (Ovine Epididymitis)
(१२) ओभाइन फुटरट (Ovine Foot rot)
(१३) पेष्टिस डेस् पेटिटिस रुमिनान्ट्स् (पि.पि.आर.) (PPR)
(१४) पोर्साइन व्रुसेल्लोसिस् (Porcine Brucellosis)
(१५) रिण्डरपेष्ट (Rinderpest)
(१६) सिप एण्ड गोट पक्स (Sheep and Goat Pox)
(१७) एभिएन इन्फ्लुइन्जा÷फाउल प्लेग (Avian Influenza )
(१८) एभिएन ट्युवरकुलोसिस् (Avian Tuberculosis)
(१९) चिकन भाइरल इन्फेन्सियस् एनिमिया (Chicken Viral Infectious Anemia)
(२०) डक भाइरल ईन्टेराइटिस (डक प्लेग) (Duck Viral Enteritis)
(२१) डक भाइरल हेपाटाइटिस् (Duck Viral Hepatitis)
(२२) ग्ल्याण्डर्स (Glanders)
२३. रेबिज (Rabies)
२४. खोरेत (FMD)
२५. अफ्रिकन स्वाइन फिवर (African Swine Fever)
२६. लम्की स्किन डिजिज (Lumpy Skin Disease)
Popular Posts
नेपाल कृषि सेवा, भेटेरिनरी समुह, राजपत्रांकित तृतीय श्रेणीको , …
Dec 26, 2023
माछामा लाग्ने एक घातक protozoan रोग ICHTHYOPHTHIRIUS MULTIFILII…
दूधलाई लगातार रुपमा चलाउदै र उमाल्दै यसमा भएको पानीको मात्रालाई आंशिक रुपमा वाष्पिकरण गराएर तयार गरिएको अर्ध–ठोस (Semi solid) दुग्ध पदार्थलाई खुवा भनिन्छ ।
रसबरी छेनाबाट बनाईने मिठाई हो र यसको उद्गम विन्दु भारतको बंगाल राज्यलाई मानिन्छ । नेपालमा यसको लोकप्रियता दिन प्रतिदिन बढ्दो देखिन्छ । गाईको दुधबाट बनेको छेनालाई डल्लो बनाई चिनीको चस्नीमा निश्चित समयसम्म पकाए पछि रसबरी तयार हुन्छ । यसलाई अझै स्वादिलो र वास्नादार बनाउन इलाइची, गुलाबजल आदि थोरै मात्रम